PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रुपाकृः यथार्थ प्रेम कथा मञ्चमा



पहिलोपोस्ट

रुपाकृः यथार्थ प्रेम कथा मञ्चमा

काठमाडौं कुलेश्वरका कृष्ण वली विद्युत प्राधिकरणमा कार्यरत थिए ।

एकदिन कुनै फिल्मको छायांकन हेर्न गएको मौकामा उनको भेट रुपा मगरसँग भयो। सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध नियमित भेटघाट र कुराकानीपछि प्रेममा परिणत भयो। सुरुमा त उनीहरु जातलाई प्रेमको बाधक मान्थे। तर, मन मिल्नुले अरु कुरा गौण पारिदियो। केही समयमै उनीहरुले अन्तरजातिय विवाह गरे।

विवाहपछिको केही दिनमा पुन: कार्यालय जान थाले। नयाँ दाम्त्य जीवनको खुशी लिएर अफिस पुगेका उनी दुर्घटनामा परे। विद्युत सर्ट भइ कृष्ण जीवन मरणको दोसाँधमा पुगे। तत्काल उनको उपचार गराइयो। कृष्ण त बाँचे, तर उनको दुई हात र एउटा खुट्टा सधैंको लागि काटियो ।

अशक्त भइसकेका कृष्णको जीवनमा खुसी फर्काउन बनाउन हर प्रयास गरिन्। श्रीमानको दैनिकी सहज बनाउन अप्ठ्यारा परिस्थितिहरुसँग जुधिन्।

झट्ट सुन्दा कुनै काल्पनिक प्रेम कथा जस्तै लाग्ने यी दुईको यर्थाथलाई अहिले नाटकीय रुप दिइएको छ। सर्वनाम थिएटरमा गत सोमबारदेखि नाटक ‘रुपाकृ’ मञ्चन भइरहेको छ।

नाटकको निर्देशन रेनुका कार्कीले गरेकी हुन्। नाटकमा सुनिशा बजगाई, सुदिप जंग कार्की, सुमन कुइकेल, लोकेस राई, नारायण ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, राजिव जोशी, परि शाक्यले अभिनय गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell