PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अमेरिकामा ११ वर्षीयाको अपहरणपछि हत्या: ४५ वर्षपछि यसरी पक्राउ परे हत्यारा 



अमेरिकामा ११ वर्षीयाको अपहरणपछि हत्या: ४५ वर्षपछि यसरी पक्राउ परे हत्यारा 

अमेरिकाको क्यालिफोर्नियामा सन् १९७३ मा ११ वर्षीया लिन्डा ओकिफको अपहरणपछि हत्या भएको थियो।  

हत्या भएको ४५ वर्षपछि प्रहरीले लिन्डाको हत्यारालाई पक्राउ गर्न सफल भएको हफपोस्टले जनाएको छ। 

प्रहरीले गत मंगलवार ७२ वर्षका जेम्स अलान निललाई पक्राउ गरेको जनाएको छ। 

मृतकको डिएनएसँग निलको डिएनए मिलेकाले उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। 

जिनलोजिकल ट्रयाकिङ वेबसाइटमा बुझाइएको डिएनएका आधारमा निलको डिएनए लिन्डासँग मिलेको हो। ट्रयाकिङ वेबसाइटमा निलको डिइएनले कसले बुझायो भन्ने कुरा प्रहरीले सार्वजनिक गरेको छैन। 

न्यूपोर्ट बिचका प्रहरी प्रमुख जोन लेविसले विगत ४५ वर्षदेखि लिन्डाको हत्याराको खोजी नरोकेको बताए। 

लिन्डालाई अन्तिम पटक १९७३ जुलाइ ६ मा  कोरोना डेल मारमा कसैको गाडीमा देखिएको थियो। प्रहरीका अनुसार लिन्डालाई शारीरिक दुर्व्यवहार गर्न अपहरण गरिएको थियो। पछि उनको हत्या गरेर न्यूपोर्ट बिच ब्याक बे एरियामा फालिएको थियो। 

लिन्डाका अभिभावकको मृत्यु भइसकेको र उनको दुई दिदीहरु हाल लस एन्जलसमा रहेको बताइएको छ।
 
लिन्डाको अपहरणपछि हत्या गरिएको समय क्यालिफोर्नियामा बस्दै गरेका निल उनको हत्यापछि फ्लोरिडा र पछि कोलोराडोमा बस्न पुगेका थिए।
 
फ्लोरिडामा बस्दा उनले आफ्नो नाम परिवर्तन गरेका थिए। 

कोलोराडोमा पक्राउ परेका निलविरुद्ध हत्या, अपहरण, र १४ वर्ष मुनिका बच्चाविरुद्ध हुने हिंसा रोक्न बनेको लिउड एन्ड लससिभियस एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ। 

क्यालिफोर्नियाका सह न्यायाधिवक्ता टड स्पिल्टजरका अनुसार यी मुद्दाहरुका अनुसार निललाई जमानत बिनाको जन्म कैद वा मृत्युदण्डको सजाय हुन सक्छ। 

स्पिल्टजरले अरु घटनाहरुको बारेमा अनुसन्धान गर्न निलको डिएनएको परीक्षण गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell