PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोदीको चुनाव प्रचारका लागि बलिउड सेलिब्रेटीले दुई लाखदेखि दुई करोडसम्म मागेको खुलासा



मोदीको चुनाव प्रचारका लागि बलिउड सेलिब्रेटीले दुई लाखदेखि दुई करोडसम्म मागेको खुलासा

नयाँ दिल्ली: अहिले बलिउडमा कोब्रापोस्टले प्रकाशित गरेको स्टिङ अपरेसन 'अपरेसन करओके'  को निकै चर्चा छ। नजिकिँदै गएको चुनावलाई लिएर यस पोस्टका दुई रिपोर्टरले बलिउड सलेब्रेटीबीच गरेको एक अनुसन्धानले बलिउड अहिले तातेको छ।

उनीहरुले सेलेब्रेटीलाई भेटेर सत्तारुढ भारतीय जनता पार्टी, विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस, आम आदमी पार्टीलगायतका राजनीतिक दलहरुका लागि सामाजिक संजाल फेसबुक,ट्वीटर र इन्स्टाग्रामबाट चुनाव प्रचारका लागि प्रस्ताव राखे। उनीहरुले गर्ने प्रत्येक पोस्टको लाखौं रुपैयामा 'डिल' गरिएको थियो।

बलिउडका चर्चित कलाकारहरु सन्नी लियोनी, विवेक ओब्रोइ, महिमा चौधरी, पार्श्व गायक अभिजित भट्टचार्य, कैलाश खैर, मीका सिंह, जेकी श्रफ, शक्ति कपुर, सोनु सुद, अमिषा पटेललगायतका अन्य सेलेब्रेटीले पैसाका लागि कुनै पनि पार्टीको प्रचारका लागि तयार भए।

कोब्रापोस्टले गरेको स्टिङ अपरेसनको भिडियो केही दिन अघिमात्रै सार्वजनिक भएको थियो।

अधिकांश सेलेब्रटीहरुले पैसाका लागि चुनाव प्रचार गर्न तयार भएको भिडियोमा प्रस्ट देखिएको छ। चाहे त्यो कंग्रेस होस या आम आदमी पार्टी।

धेरै जसो कलाकारहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीको चुनाव प्रचार गर्न अफर गरिएको थियो। प्रस्ताव गरिएका धेरैले भाजपाका लागि खुलेर प्रशंसा गर्न तयार रहेको बताएका थिए।  

महिमा चौधरीले भिडियोमा 'भाजपाले त जति पनि दिन सक्छ' भन्दै रिपोर्टरहरुलाई कंग्रेसले बढी पैसा दिए उनीहरुको पक्षमा पोस्ट गर्ने बताएकी  छिन्।

कति सेलेब्रटीले एउटा पोस्टको लागि २ लाख त कतिले २ करोड नै मागेका थिए। कतिले आठ महिनाको लागि कुनै दलको प्रचारमा पोस्ट गरेवापत २० करोड मागे।

कोब्रापोस्टका अनुसार स्टिङ अपरेसनका दौरान अभिनेत्री विद्या वालन, अरशद वार्सी,  राजा मुराद र सौम्या टंडनले कुनै पनि दलका लागि प्रचार गर्न गरिएको प्रस्ताव नकारे। पोस्टले अरशद र विद्याका म्यानेजर मार्फत सो प्रस्ताव राखेका थिए। तर म्यानेजरहरुले ती रिपोर्टरहरुलाई उनीहरु राजनीतिक प्रचारमा कुनै संलग्न हुन नचाहेको प्रस्ट जवाफ दिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell