PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अष्ट्रियाकी विदेशमन्त्री कारिन काठमाडौंमा



अष्ट्रियाकी विदेशमन्त्री कारिन काठमाडौंमा

काठमाडौं: अष्ट्रियाकी विदेश मामिला मन्त्री कारिन केन्सल बिहीबार काठमाडौं आइपुगेकी छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कारिन नेपाल आएपुगेकी हुन्। भोलि विदेशमन्त्री कारिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्री सहितको टोलीबीच द्विपक्षीय वार्ता हुने छ।

त्यस्तै भोलि नै विदेशमन्त्री कारिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष: उर्जा, क्षेत्रीयता र विश्वव्यापी मुद्दा विषयक कार्यक्रमलाई सम्बोधन गर्ने छिन्। उनले भोलि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नौ दिन लामो दक्षिण एसियाको भ्रमणका क्रममा हिजो बंगलादेश आइपुगेकी उनको टोली फागुन ११ गते भुटान जाने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell