PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जलजलाको 'भाग्य यस्तै'



पहिलोपोस्ट

जलजलाको 'भाग्य यस्तै'

काठमाडौं: गायिका जलजला परियारले नयाँ गीत सार्वजनिक गरेकी छिन्। 'भाग्य यस्तै'बोलको उक्त गीतले बाध्यताले विदेशीने नेपाली युवाको कथा बोल्छ। गीतमा जलजलासँगै क्रिस पिकेको स्वर छ।

निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा विशाल निरौलाको संगीत छ। गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल अञ्जली अधिकारीको अभिनय छ। भिडियोमा कुमार श्रीको पनि अभिनय छ।

भिडियालाई सिर्जन बरालले निर्देशन गरेका हुन्। संगीतकार विशाल भन्छन् 'हामीकहाँ विदेशिनु बहुसंख्यक नेपालीको बाध्यता हो। यही कटु यथार्थलाई हामीले गीतमार्फत भन्न खोजेका हौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell