PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको निधन



वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको आज दिउँसो ७८ वर्षको निधन भएको छ । 

विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मेका रेग्मीलाई आज सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएको थियो। 

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उनमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण निधन भएको जानकारी अस्पतालले दिएको छ। स्व रेग्मीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

‘नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि ः दृष्टिकोण’ आदि उनीद्वारा सम्पादित कृति प्रकाशित छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell