PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सुरु भयो 'मिस नेपाल पिस'



पहिलोपोस्ट

सुरु भयो 'मिस नेपाल पिस'

काठमाडौं: नेक्स्ट मोडल्स नेपालले 'मिस नेपाल पिस'को सातौ संस्करण सुरु गरेको छ। आयोजक टिमले प्रतियोगिताका लागि आवेदन पनि खुला गरेका छन्।

'सशक्त महिला सबल राष्ट्र'को नारासहित नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकाका लागि यो प्रतियोगिता हो। प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका अविवाहित युवतीले आवेदन भर्न पाउनेछन्।

‍विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको आयोजक रवि धमलाले बताए। प्रतियोगिताको पहिलो अडिसन ११ फागुनमा काठमाडौंमा हुँदैछ।

शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृति जित्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell