PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सोनु निगम अस्पतालबाट डिस्चार्ज : के भएको थियो उनलाई ?



पहिलोपोस्ट

सोनु निगम अस्पतालबाट डिस्चार्ज : के भएको थियो उनलाई ?

काठमाडौं : भारतीय गायक सोनु निगम नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। हिजो 'ब्याक पेन' भएर नर्भिक अस्पताल पुगेका उनलाई आज साढे २ बजे डिस्चार्ज गरिएको अस्तालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई पूर्णत ठीक भएपछि डिस्चार्ज गरिएको हो।

'हिजो उहाँ डाढ दुखेर यहाँ आउनु भएको थियो। एक्स रे एमआरआई गरियो,' अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले भने, 'त्यसपछि औषधि दिएर आराम गर्न लगाइयो। आज एमआरआइ गराएर औषधि चेन्ज गरेपछि उहाँलाई डिस्चार्ज गरिएको हो।'

एमआरआइ रिपोर्टपछि दुखाई कम हुने औषधिको प्रयोग र जोखिम नदेखिएपछि निगमलाई डिस्चार्ज गरिएको उनले बताए। भने, 'औषधि र एक दिनको अस्पताल बसाइले उहाँको दुखाइ कमी भयो। अनि औषधि दिएर पठायौँ।'

उनी शिव शंकरा म्युजिक भिडियो सुटिङ गर्नका लागि नेपाल आएका हुन्। उक्त भिडियो शिबरात्री लक्षित गरी रिलिज गर्ने तयारी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell