PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन, 'निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्छु, विप्लवको गतिविधि अस्विकार्य'



एम बम

सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन, 'निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्छु, विप्लवको गतिविधि अस्विकार्य'

कैलालीः सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको बताएका छन्। बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले निर्मला बलात्कार हत्या कांण्ड अत्यन्त दुःखद कुरा भएको बताए। ओलीले भने ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो। अत्यन्त दुःखद कुरा हो।' 

प्रधानमन्त्री ओलीले हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको बताइए। ‘हत्यारा पत्ता लगाउने प्रयास जारी छ।’ उनले भने ‘सरकारले हत्यारा पत्ता लगाउन थुपै्र अनुसन्धान गरेको छ। तर कहिलेकाही अपराधीले प्रमाण छोडेर जाँदैन। तर सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ।’ 

विवादित बनेको प्रदेश राजधानीको निर्णय पनि उपयुक्त भएको प्रधामन्त्रीको ठहर छ। उनले भने ‘राजधानी सार्ने तपाइहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ। तर त्यसमा लगानी गर्न आवश्यक छ।’

सुदूरपश्चिममा जनचेतनाको कमीले छाउपडी जस्ता कुप्रथा अन्त्य हुन नसकेको उनले बताए। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादीका क्रियाकलाप देश र जनताका हित विपरित भएको टिप्पणी ओलीले गरेका छन्। ओलीले ‘विप्लव’ माओवादीप्रति लक्षित गर्दै हिंसात्मक गतिविधि सरकारको लागि स्वीकार्य नभएको स्पष्ट पारे।

उनले भने, ‘क्रान्तिका नाममा आडम्बरपूर्ण र लफ्फोजीको काम छैन। क्रान्तिका नाममा हिँसात्मक कार्य भएका छन्। राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेका छन्। राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरु हुँदैछन्। यस्ता विकासका बाधक र हिंसात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन।’

विकासका लागि स्थगानीय तह, प्रदेश र केन्द्र सरकारले मिलेर जानुपर्ने पनि प्रधामन्त्रीले बताएका छन्। अब मिलेर नगए देशको विकास गर्न नसकिने भन्दै आधारमुत आवश्यकताका लागि मात्रै जनतालाई धेरै कुराउन नहुने उनको तर्क छ। विकास लागि पक्ष र विपक्ष नभनी अगाडी बढ्नुपर्ने प्रधानमन्त्रीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell