PahiloPost

Jul 21, 2019 | ५ साउन २०७६

श्रीस्वस्थानी व्रतकथाको समापन साँखुको शालीनदीमा, फोटोमा हेर्नुस्

श्रीस्वस्थानी व्रतकथाको समापन साँखुको शालीनदीमा, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी समापन भएको छ। 

हिमालय पर्वतकी छोरी पार्वतीले एक महिना स्वस्थानीको व्रत बसेर महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ। श्रीस्वस्थानीको व्रत बस्ने प्रत्येक महिला र पुरुषले हरेक दिन स्नान गरी एक छाक खाएर मध्याह्नमा पूजाआजा गरेमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। 

एक महिनासम्म व्रत बस्नेले पूर्णिमाका दिन जनै, सुपारी, अक्षता, बेलीपुष्प, पान, मसलालगायतका सामग्री स्वस्थानी समापन स्थलमा चढाउने गर्छन्। नेपाली समाजमा आज मध्याह्नमा धूपबत्ती बाल्दै हरेक घरमा बालुवाको शिवलिंग बनाई बीचमा ॐकारले लेखेर पूजाआजा गर्ने चलन रहिआएको छ। 

था वाचनको एक महिनाको अवधिमा घरघरमा श्रीस्वस्थानी कथा वाचनका क्रममा जम्मा भएको फूलप्रसाद पनि नजिकैको खोलामा विसर्जन गरिन्छ। समाजमा श्रीस्वस्थानी व्रतकथा सुन्ने र सुनाउने गर्नाले उचित फल पाइने विश्वास रहेको छ। कर्मसिद्धि, सुस्वास्थ्य, दीर्घजीवन तथा सुयोग्य वर प्राप्तिका निम्ति यो व्रत बस्ने गरिन्छ।

यो अवधिमा पशुपति, शालीनदी, गौरीघाट, गणेश मन्दिर आदि स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका भएकाले ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।



ट्रेन्डिङ पोस्ट