PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तीन दशकअघि काटिएको सडक कालोपत्रे शिलान्यास गर्न भोलि सुदूरपश्चिम आउँदै प्रधानमन्त्री ओली



एम बम

तीन दशकअघि काटिएको सडक कालोपत्रे शिलान्यास गर्न भोलि सुदूरपश्चिम आउँदै प्रधानमन्त्री ओली

कैलालीः आजभन्दा तीन दशक अघि कच्ची सडक काट्न सुरु गरिएको सहजपुर–बोगटान सडकको शिलान्यास गर्न प्रधानमन्त्री ओली मंगलबार सुदूरपश्चिम आउने भएका छन्।

२०४५ सालतिर कच्ची कटिङ सुरु भएको कैलालीको शहजपुर र डोटीको विकट क्षेत्र बोगटान जोड्ने सडक हालसम्म कालोपत्रे हुनसकेको थिएन। जसकारण कैलालीको चुरे, डोटीको बडीकेदार र बोगटानका स्थानीय नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। 

सोही सडकको शिलान्यास गर्न ओली मंगलबार डोटीको विपिनगर पुग्ने बताइएको छ। ओलीलाई गत शनिबार काठमाडौं पुगेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश भ्रमणको निम्तो दिएका थिए।

ओली सोही निमन्त्रण अनुसार मंगलबार सुदूरपश्चिम आउने कार्यक्रम तय भएको हो। ओलीले मंगलबार सडकको शिलान्यासपछि बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। 

प्रधानमन्त्रीका साथमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, उर्जामन्त्री बर्षमान पुन, नेकपाका नेताहरु झलनाथ खनाल, महासचिव बिष्णु पौडेल लगायतका नेता पनि आइपुग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell