PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पलेँटीको नयाँ श्रृङ्खलामा ‘नेपाली संगीतमा महिलाको संलग्नता र योगदान’



पहिलोपोस्ट

पलेँटीको नयाँ श्रृङ्खलामा ‘नेपाली संगीतमा महिलाको संलग्नता र योगदान’

काठमाडौं: नेपालयको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि पुन: सुरु हुने भएको छ। अंग्रेजी महिनाको अन्तिम शुक्रवार एकदिन मात्र हुने गरेको पलेँटी कार्यक्रम महिना शनिवार र आइतबारसहित तीन दिन गर्ने तयारीका लागि स्थगित भएको थियो।

आउँदो शुक्रबार सुरु हुने पलेँटीको नयाँ श्रृङ्खला ‘नेपाली संगीतमा महिलाको संलग्नता र योगदान’ नारासहित महिला गायनमा केन्द्रित हुने भएको छ। त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा आधारित हुनेछ। कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चासँगै गीत प्रस्तुत हुनेछ।

पहिलो कार्यक्रममा गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झनेछिन्।

सन् २००५ बाट थालिएको पलेँटीमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन्। विशेषगरी नेपाली आधुनिक संगीतमा लोकप्रिय रहेका कलाकारहरुले प्रस्तुति दिंदै आएका छन्।

‘पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो। त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः सुरु गर्न लागेका हौं’, पलेँटी संयोजक आभासले भने।

यही फेब्रुअरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ ।

पलेँटीको टिकट बूकिंग पलेँटी र नेपालयका सामाजिक संजाल मार्फत तथा अनलाइन खरिद थुप्रै डटकमबाट गर्न सकिने जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell