PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्माको 'किचकिचे माया' आना शर्मा



पहिलोपोस्ट

कर्माको 'किचकिचे माया' आना शर्मा

काठमाडौं : क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिन निर्मित नेपालमा बनेको अंग्रजी फिल्म 'द म्यान फ्रम काठमाडौं' प्रदर्शनको तयारीमा छ। प्रदर्शन नजिकिँदै जाँदा टिमले फिल्मको 'किचकिचे माया'बोलको गीत सार्वजनिक गरेको हो।

सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कर्मा र आना शर्मा फिचर्ड छन्। गीतको भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ।

पेमा धोन्डुप निर्देशित फिल्म चैत १ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्म पाँच करोड लगानीमा निर्माण भएको बताइएको छ। फिल्मको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको थियो।

यस फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको छ। फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना, शिशिर बाङ्देल, कर्म, आमिर गौतम लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell