PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'साँझ परेपछि'मा दयाहाङ राईसँगै दुई नयाँ अनुहार



पहिलोपोस्ट

'साँझ परेपछि'मा दयाहाङ राईसँगै दुई नयाँ अनुहार

काठमाडौं :  फिल्म 'आप्पा'को नयाँ गीत सार्वजनिक भएको छ। दयाहाङ राई अभिनित फिल्मको 'साँझ परेपछि नि लै लै'बोलको उक्त गीतले दुई कलाकारको परिचय दिन्छ। गीतबाट सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाको चरित्र भुमिका देखाइएको छ।

निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा गुरुङ र स्नेहश्री थापाको स्वर छ। जेठ २४ गतेबाट रिलिज हुने फिल्मले बाबु छोराको सम्बन्धको कथा समेटेको बताइएको छ। यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो।

'अ माउन्टेन स्टोरीज'को ब्यानरमा निर्माण भएको फिल्ममा दया, सिद्धान्त र अल्लोनासँगै निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतको अभिनय छ।  फिल्ममा निर्देशक अनमोलको कथा, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell