PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रजिअ भट्टराईको उपचारकै क्रममा मृत्यु



पहिलोपोस्ट

प्रजिअ भट्टराईको उपचारकै क्रममा मृत्यु

काठमाडौं : माघको दोस्रो साता दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको उपचारको क्रमा मृत्यु भएको छ।

भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि उनलाई वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो। उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो।

उनी सवार स्कार्पियो ट्र्याक्टरसँग ठक्कर खाएको थियो। दुर्घटनामा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो। उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell