PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशकुमारले तलबबाट २५ हजार दिने 



पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशकुमारले तलबबाट २५ हजार दिने 

काठमाडौं: नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन्। आजको संसदमा शुन्य समयमा बोल्दै कांग्रेस सांसद सिंहले पशुपति शर्माको गीत हटाएर सरकारले जनताको कान र मुख थुन्न नसक्ने बताए।

उनले आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार गायक शर्मालाई सम्मानस्वरुप दिनेसमेत बताए। भने, 'फागुन महिनाको पारिश्रमिकबाट २५ हजार सम्मानस्वरुप दिने घोषणा गर्दछु। जनताको भावना बुद्धिजीवी र गायकको भावनालाई सम्मान गर्दैन भने यस्तो सरकारलाई जनताले पनि सम्मान गर्दैन।'

गायक शर्माको लुट्न सके लुट कान्छा गीतमा सत्ता समर्थितहरुले तीव्र विरोध गरेपछि युट्युबबाट हटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell