PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रेममा रहेको हल्ला चलिरहँदा केकी र आर्जेनको यस्तो भिडियो!



पहिलोपोस्ट

प्रेममा रहेको हल्ला चलिरहँदा केकी र आर्जेनको यस्तो भिडियो!

काठमाडौं: पछिल्लो समय गायक तथा मोडल आर्जेन पाण्डे र अभिनेत्री केकी अधिकारी प्रेम सम्बन्धमा रहेको चर्चा फिल्म क्षेत्रमा छ। उनीहरुका सम्बन्धका विषयमा गसिप समााचारहरु सुन्न सकिन्छ। तर, उनीहरुले भने आफ्नो सम्बन्धबारे मिडियालाई केही बताएका छैनन्।

यसैबीच आर्जेनले नयाँ गीत ल्याएका छन् जसमा केकी फिचर्ड छिन्। भिडियोमा उनीहरुको स्क्रिन जोडी देख्न सकिन्छ। 'झिमिक्कै परेली'बोलको गीतमा आर्जेनलाई मेलिना राईले गायनमा साथ दिएकी छिन्।

यो भिडियो सार्वजनिक भएसँगै उनीहरुका प्रेम सम्बन्धका विषयमा विभिन्न चर्चा भइरहेको छ। गीतमा प्रतिक पौडेलको संगीत छ। विशाल भण्डारी निर्देशित गीतको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन र अर्जुन तिवारीको छायाँकन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell