PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बिहेको प्रश्नबाट दिक्क आलिया भट्ट



पहिलोपोस्ट

बिहेको प्रश्नबाट दिक्क आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर 'गल्ली बोई'बाट चर्चामा छिन्। फिल्ममा रणवीर सिंहसँग स्क्रिन सेयर गरेकी उनी अहिले 'गल्ली बोई'बाट अभिनयको सकरात्मक प्रतिक्रिया बटुल्न व्यस्त छिन्। अब उनी 'कलंक' र 'ब्रम्हास्त्र'बाट दर्शकमा देखिँदैछिन्।

भारतीय मिडियाका अनुसार आलिया रणवीर कपुरसँग प्रेम सम्बन्धमा छिन्। उनीहरु पछिल्लो समय विभिन्न कार्यक्रममा एकसाथ देखिन थालेका छन्। उनी दुवैले भने आफ्नो सम्बन्धलाई मिडियामा लुकाउन खोजेका छन्।

बिस्तारै, उनीहरुका सम्बन्ध दर्शकमा बाहिरिएसँगै अब उनी दुईलाई सोधिने एउटै प्रश्न हो, बिहे कहिले?

हालै बलिउड हंगामालाई आलियाले विवाहको प्रश्नबाट आफू दिक्क भएको बताइन्। उनले विवाहका लागि आफू अझै तयार नभएको बताउँदै रणवीरसँगको सम्बन्धमा खुशी रहेको बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell