PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बार निर्वाचनको मनोनयन आज, यी हुन दुबै प्यानलका उम्मेदवार (पढ्नुस् नामावली)



पहिलोपोस्ट

बार निर्वाचनको मनोनयन आज, यी हुन दुबै प्यानलका उम्मेदवार (पढ्नुस् नामावली)

काठमाडौँः कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि आज मनोनयन हुँदैछ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानुन व्यवसायीले प्यानल नै बनाएर उम्मेदवारी तय गरेका छन्।

अध्यक्षमा नेकपा निकट कानुन व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ। यस्तै, कांग्रेसस निकट कानुन व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए) ले सुनील पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन हुँदैछ।

 

डिएलए प्यानल

डीएलएले महासचिवमा लीलामणि पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, खुला महिला उपाध्यक्षमा डिएलएबाट कविता थापाको उम्मेदवारी दर्ता हुनेछ।

उपाध्यक्षमा प्रदेश १ मा डिल्ली बहादुर कार्की, प्रदेश २ मा सुधीरकुमार कर्ण, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकीमा निरञ्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनील कुमार श्रेष्ठ, कर्णालीमा उत्तम आचार्य, र सुदूरपश्चिममा ठेगेन्द्रराज जोशीललाई टिकट दिने डिएलएले निर्णय गरेको छ। यस्तै कोषाध्यक्षमा तेज बहादुर रावललाई उम्मेदवार बनाउने निर्णय भएको छ।

सदस्यहरूमा रूपनारायण विक, शेषमान यादव, मनोज कुमार चौधरी, अमृत लामा, कैलाश गुरुङ, शिवाली जोशी रहेका छन्। यस्तै, सोनी राघुवंशी, गोविन्द प्रसाद सिग्देलले पनि मनोनयन दर्ता गर्दैछन्।

खुला सदस्यहरूमा रेमश कुमार ढकाल, कृष्ण भुषण घिमिरे, शिव प्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी, टेक प्रसाद सुवेदी रहेका छन्। 

 

एनएलए प्यानल

नेकपा निकट कानुन व्यवसायीको सङ्गठन एनएलएले महासचिवमा सुरेन्द्र बहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खुला महिला उपाध्यक्षमा रक्षा बस्याललाई उम्मेदवार बनाउने निर्णय एनएलएले गरेको छ।

उपाध्यक्षहरुमा प्रदेश १ मा मानबहादुर रुम्बाली राई,  प्रदेश २ मा रामचन्द्र सिंह, ३ मा ईश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेशमा सुरेन्द्र थापा मगर, प्रदेश ५ मा लीलाधर मरासिनी, कर्णालीमा मीनबहादुर महत र सुदूरपश्चिममा उमेश विष्टलाई उम्मेदवार बनाउने एनएलएले निर्णय गरेको छ।

यस्तै सदस्यहरूमा पञ्चनारायण मण्डल, विना कुमारी चौधरी, डा. शिव पण्डित, कल्पना भण्डारी, वीरेन्द्र ठाकुर, मञ्जु कायस्थ, बद्री नगरकोटी छन्।

खुला सदस्यहरुमा गंगासागर खत्री, भीमसेन बञ्जारा, भुवन निरौला, बालकृष्ण गैरे र प्रकाश महर्जन रहेका छन्।

एनएनएले एक सदस्य भने गठबन्धनमा आउने अन्य दल निकटको कानुन व्यवसायी सङ्गठनका लागि छुट्ट्याएको छ। उम्मेदवार तय भइसकेको छैन।

बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १४ जना सदस्यका लागि निर्वाचन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell