PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

११ औं नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड अस्ट्रेलियामा, ३२ विधामा अवार्ड प्रदान गरिने



११ औं नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड अस्ट्रेलियामा, ३२ विधामा अवार्ड प्रदान गरिने

काठमाडौंः ११औं संस्करणको नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड अस्ट्रेलियामा हुने भएको छ। अस्ट्रेलियाको मराना अडोटोरियम हलमा अप्रिल ७ मा अवार्ड समारोह हुने आयोजकले जनाएको छ।


बिएमडब्लु एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन र बिएमडब्लु इभेन्टस्को प्रस्तुति रहने छ। संस्थाका प्रबन्धक निर्देशक मणि सिलवालको अध्यक्षतामा इभेन्ट डाइरेक्टर दिवस पोख्रेलको संयोजकत्वमा सम्पन्न हुने अवार्ड कार्यक्रमलाई भव्य र सभ्य बनाउन शिरिष बिक्रम थापा, र अर्चना थापाले प्रमुख व्यवस्थापनको जिम्मा लिएका छन्। 


साथै, नेपालबाट बक्स अफिस फिल्म क्लब र बक्स अफिस इन्टरनेसनल ग्रुपको ब्यानरमा ग्लोबल एक्टर्स फेरेडेसनको व्यवस्थापनमा संस्थाको अध्यक्ष रामबहादुर सुवेदी (आरके)को अध्यक्षतामा संस्थाको बरिष्ठ उपाध्यक्ष बरिष्ठ चलचित्र प्रोडक्सन कन्ट्रोलर सुरज आचार्यको संयोजकत्वमा संस्थाको महासचिव आरती बलामीले नेपालको व्यवस्थापन सम्हाल्ने भएका छन्।

अवार्ड समारोहमा हास्यकलाकार केदार घिमेरे ‘माग्ने बुढा’, वरिष्ठ संगितकार तथा गायक शम्भुजित बास्कोटा, गायक आनन्द कार्की र संगितकार गायक अर्जुन पोखरेलको प्रस्तुति रहने छ। त्यसै गरी नायिका पुजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका दिपिका प्रसाईं, नायक धिरेन शाक्य, नायिका निता ढुंगाना, बरिष्ठ नायक शिव श्रेष्ठ आदिको प्रस्तुतिसमेत रहनेछ।


अमेरिकाबाट अभिनेता राज बल्लभ कोइराला, जीवन लुइटेल, सुमन सिंह, निर्देशक नारायण पुरी लगायतलाई अवार्डमा निमन्त्रणा दिएको छ भने नेपालबाट यस अवार्डलाई सफल पार्न हल व्यवसायी, वितरक, निर्माता र संघ संस्थाका अध्यक्षहरुले सहभागी हुने छन्।

 
अवार्डको वरिष्ठ निर्देशक तुलसी घिमिरेको ९ सदस्यीय निर्णायक समितिले विभिन्न ३२ विधामा अवार्डको छिनोफानो लगाउने छ भने अवार्डमा २०७४ चैत्र मसान्तसम्म  प्रदर्शनमा आएका ८३ चलचित्रले प्रतिस्पर्धा गरेका छन्।


त्यसैगरी अवार्डको एक दिन अगाडी अप्रिल ६ तारिखको दिन सेन्ट जर्ज नेप्लीज क्लबको आयोजनामा राष्ट्रिय कलाकार अष्ट्रेलियामा बस्ने विभिन्न क्षेत्रसँग आबद्ध बुद्धिजिवीहरु बिच मैत्रीपूर्ण रमाइलो फुटबलसमेत हुने छ।  नेपालबाट कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाहरुलाई बिन्दास ट्राभल्स्का प्रबन्ध निर्देशक भानु ढकालले सम्पूर्ण व्यवस्थापन सम्हालेको आयोजकले जनाएको छ। 


अवार्डसँग आबद्ध चलचित्रकर्मी अप्रिल ४ तारिखको दिन नेपालबाट अष्ट्रेलिया पुग्ने र ९ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ।  


संस्थाले स्थापना कालदेखि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड, नेसनल बक्स अफिस म्यूजिक अवार्ड, ब्लकबस्टर चलचित्र अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेसनल हिरो अवार्ड, बक्स अफिस च्याम्पियन कप तथा धार्मिक, सामाजिक कार्यक्रमहरू निरन्तर रूपमा गर्दै आईरहेको छ।

बक्स अफिस इन्टरनेशनल गु्रपको आयोजनामा युएई, थाईल्यान्ड, मलेसिया, सिंगापुर, बेलायत र कतारमा निरन्तर रूपमा अवार्ड कार्यक्रम संचालन गरी १० औं संस्करण पुरा गरेको छ। बिएमडब्लु  एजुकेसनल कन्सल्टेन्सीले आयोजना गर्न लागेको यो अवार्डको दशौं संस्करण बेलायतमा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell