PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए 'लुट्न सके लुट' गीत



पहिलोपोस्ट

सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए 'लुट्न सके लुट' गीत

काठमाडौँ : सत्तारुढ नेकपा समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि गायक पशुपति शर्माले 'लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' गीत युट्युबबाट हटाएका छन्। 

शनिबार युट्युबको नेपाल ट्रेन्डिङको टप टेनभित्र परेको यो गीत हटाउनुको कारण बारे जान्न खोज्दा शर्मा पहिलोपोस्टको फोन सम्पर्कमा आएनन्। तर उनले आफ्नो फेसबुकमा गीत आफैले हटाएको लेखेका छन्। 

"मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनै किसिमको पुर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो, म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला।  ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु", उनले लेखेका छन्। 

"अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु", उनले लेखेका छन्।   

शर्माले लेखेका छन्, "गीतका कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु।"

के छ गीतमा?

उक्त गीत पशुपति शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए। उनले आफ्नो च्यानलबाट गीत हटाएका छन्। 

उनले हटाए पनि कपि गरेकाहरुले यो गीतको भिडियो युट्युब र फेसबुकमा राखेका छन्।  

सत्ता समर्थकको आक्रोश

गीतले विशेष गरी सत्ता समर्थकहरुलाई आक्रोशित बनाएको थियो। युवा संघ नेता किरण पौडेलले पशुपति शर्मालाई बहिस्कार गर्न आह्वान गरेका छन्-

त्यसैगरी आरआर क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार बनेका सुरेन्द्र बस्नेतले गीतमा प्रतिबन्ध लगाउन माग गरेका छन्-

यसैगरी सांसद शान्ता चौधरीले प्रहार गर्नुको पनि सीमा हुन्छ भन्दै आफ्नो स्वाभिमान झुकाएर गीत गाएको, अरु देशमा लुट्न पाईंदैन हाम्रो देशमा मात्रै पाइन्छ भनेर विश्वका सामु आफ्नो देशको गरिमालाई कमजोर बनाएको आरोप लगाएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell