PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनको बाटो हुँदै सगरमाथा आधार शिविर पुग्न पर्यटकलाई रोक



चीनको बाटो हुँदै सगरमाथा आधार शिविर पुग्न पर्यटकलाई रोक
फोटो : GETTY IMAGE

चीनले आफ्नो बाटो हुँदै सगरमाथाको आधार शिविर पुग्न पर्यटकहरुलाई रोक लगाएको छ। तर, यो रोक आरोहण अनुमतिपत्र लिएकाहरुको हकमा भने लागू हुनेछैन। सगरमाथा क्षेत्रमा फोहोर बढ्दै गएपछि चिनियाँ अधिकारीहरुले यस्तो कदम चालेको बताइएको छ।

यो प्रतिबन्धसँगै साधारण पर्यटकहरुले अब समुन्द्री सतहभन्दा ५, २०० मिटरमाथि रहेको रोङबुक गुम्बासम्ममात्रै प्रवेश पाउनेछन्। सगरमाथाको चुचुरो पुग्न आरोहण स्वीकृति लिएकाहरुलाई भने कुनै रोक लगाइने छैन।  

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका लागि पर्यटकहरुले नेपालको दक्षिण भाग प्रयोग गर्ने गरेपनि चिनियाँ भागबाट समेत सगरमाथा आरोहण गर्ने क्रम बढ्दै गएको छ।

नेपालको आधार शिविर पुग्न दुई हप्ता लाग्छ भने तिब्बतमा रहेको चिनिया क्षेत्रबाट कारमै आधार शिविर पुग्न सकिन्छ।

आरोहीहरु बढ्दै गएपछि सगरमाथा क्षेत्रमा धेरै फोहोर बढदै गएकाले आरोहणमा नियन्त्रण गर्नुपर्ने माग उठ्दै आएको छ।  खुल्ला रुपमाा आधार शिविरसम्म प्रवेश गर्न दिँदा सगरमाथा क्षेत्र नै संकटमा परेको भन्दै चीनले यस्तो निर्णय गरेको बताइएको छ। चिनियाँ पर्वतारोही संघका अनुसार २०१५ मा मात्रै ४० हजार पर्यटकले आधार शिविर भ्रमण गरेका थिए। नेपालको बाटो हुँदै ४५ हजार मानिसले २०१५/१६ मा आधार शिविर भ्रमण गरेका थिए।    

चिनियाँ अधिकारीहरुले केही समयअघि प्रति वर्ष ३०० जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिने बताएका थिए।

सगरमाथा क्षेत्रबाट सयौ टन फोहोर संकलन गर्ने काम भइरहेको बताइएको छ। यस्तै आरोहणका क्रममा ८००० मिटर भन्दामाथि मृत्यु भएका आरोहीहरुको मृत शरीर खोज्ने कार्य समेत भइरहेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell