PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मोदीको हरियो झन्डासँगै दौडियो भारतको पहिलो हाइ स्पिड रेल



पहिलोपोस्ट

मोदीको हरियो झन्डासँगै दौडियो भारतको पहिलो हाइ स्पिड रेल
फोटो : Twitter/@BJP4India

नयाँ दिल्ली : भारतको पहिलो तीब्र गतिको रेल बन्दे भारत एक्सप्रेस अर्थात ट्रेन १८ को आजदेखि औपचारिक आरम्भ भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले  हरियो झण्डा देखाएर रेलको  उद्घाटन गरे।

भारतमै बनेको पहिलो सेमी हाइ स्पिड ट्रेनले दिल्लीदेखि वनारसबीचको दूरी तय गर्नेछ। यो रेलले ७ सय ५५ किलोमीटर दूरी ८ घण्टामा तय गर्ने बताइएको छ।

बन्दे भारत एक्सप्रेस हप्तामा पाँचदिन चल्ने बताइएको छ। एसी चेयर कार तथा एक्जेक्युटिभ क्लास भएको ट्रेनमा दुई किसिमले  यात्रुको सेवालाई वर्गीकरण गरिएको छ।

दिल्लीदेखि वनारसको यात्राकालागि एसी चेयर क्लासलाई १७ सय ६० भारतीय रुपैयाँ तथा एक्जेक्युटिभ क्लासकालागि ३ हजार ३ सय १० भारतीय रुपैयाँ भाडा तोकिएको छ।



दुवै भाडादरमा चिया नास्ता तथा खाना पनि उपलब्ध हुने बताइएको छ। यो रेलमा अन्य रेलमा जस्तो खाना तथा नास्ता नभइ नयाँ मेनु राखिएको छ।

ट्रेन १८ नामले चिनिने बन्दे भारत एक्सप्रेसलाई चेन्नइको इन्टिग्रल कोच फ्याक्ट्रीले एकसय करोड भारतीय रुपैयाँ खर्च गरी तयार पारेको हो। यो ट्रेन बनाउन १८ महिना लागेको थियो।

विदेशबाट आयात गर्नु परेको भए यो रेलको १७० करोड भारतीय रुपैयाँ पर्ने अधिकारीहरुले बताएका छन्। मेक इन इन्डिया कार्यक्रम अन्तर्गत तयार पारिएको यो रेलमा मेट्रो ट्रेनको जस्तो अटोमेटिक ढोकाहरु राखिएका छन् जुन प्लेटफर्ममा पुगेपछि आफैँ खुल्ने तथा बन्द हुने गर्छन्।
   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell