PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतको जम्मू कश्मिरमा भएको आक्रमणविरुद्ध पाकिस्तानलाई कडा जवाफ दिने मोदीको चेतावनी



भारतको जम्मू कश्मिरमा भएको आक्रमणविरुद्ध पाकिस्तानलाई कडा जवाफ दिने मोदीको चेतावनी
फोटो :AFP

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको जम्मू कश्मिरमा भारतीय सुरक्षा फौजमाथि भएको आक्रमणविरुद्ध पाकिस्तानलाई कडा जवाफ दिने बताएका छन्। बिहिवार जम्मू-श्रीनगर नेसनल हाइवेको पुलवामामा सैनिक जवान बोकेको गाडीमा विस्फोट गराइँदा ४२ जना सीआरपीएफका जवानहरुको मृत्यु भएको थियो।

नयाँ दिल्लीमा रेलवे उद्घाटन गर्ने क्रममा पत्रकारहरुसँगको कुरामा मोदीले आक्रमणमा सामिल भएकाहरुलाई सजाय दिने भन्दै पाकिस्तान तर्फ लक्षित गर्दै भने,' हाम्रो छिमेकीले भारतमा अस्थिरता फैलाउन सोचिरहेको छ भने त्यो भ्रम हो।'

 

मोदीले १३० करोड भारतीयहरु पाकिस्तानको साजिश र हमलाहरुको विरुद्ध लड्न सक्षम रहेको भन्दै सारा विश्वले यस आक्रमणको निन्दा गरेसँगै पाकिस्तान एक्लिएको टिप्पणी गरे। उनले मानवतावादी शक्तीहरु मिलेर आतंकवादविरुद्ध लड्ने समय आएको बताए।

यसैबीच भारतले पाकिस्तानलाई दिएको 'मोस्ट फेवर्ड नेशन' को दर्जा फिर्ता लिने निर्णय गरेको छ। विश्व व्यावार संगठनको नियम अनुसार 'मोस्ट फेवर्ड नेशन' दर्जा पाएका राष्ट्रहरुलाई व्यापारमा सुविधा मिल्ने गर्छ।

पाकिस्तानलाई अन्तर्राष्ट्रिय रुपमा एकलाउन भारतले 'राजनयिक कदम' उठाउने भन्दै भारतका वित्त मन्त्री अरुण जेटलीले आतंकवादको समर्थन गर्नेहरुले कडा मूल्य चुकाउने पर्ने बताएका हुन।

बिहिवार भएको उक्त आक्रमण पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको नेतृत्वमा भएको बताइएको छ। सन् २००० मा स्थापना भएदेखि नै उक्त संस्थाले भारतीय सैनिकहरुमाथि आक्रमण गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell