PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यस्तो बन्यो प्रदीप र जसिता अभिनित 'लभ स्टेशन'को गीत



पहिलोपोस्ट

यस्तो बन्यो प्रदीप र जसिता अभिनित 'लभ स्टेशन'को गीत

काठमाडौं:  पछिल्लो समय 'लिलिबिली'बाट रुचाइएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित दोस्रो फिल्म 'लभ स्टेशन'को गीत सार्वजनिक गरिएको छ। प्रणय दिवसको अवसरमा निर्माण टिमले फिल्मको 'घाम जुन चाहिँदैन'बोलको गीत सार्वजनिक गरेका हुन्।

दीपक शर्माको शब्द तथा संगीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको गीतको भिडियोमा प्रदीप र जसिता फिचर्ड छन्। भियतनामको दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको बताइएको छ।

आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको अभिनय छ।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell