PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीले गरे 'जनताको जलविद्युत आयोजनाको' थालनी



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले गरे 'जनताको जलविद्युत आयोजनाको' थालनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको सुभारम्भ गरेका छन्।

'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी' भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहबाट आरम्भ गरेका हुन्।

बजेट मार्फत् प्रस्तत कार्यक्रमलाई कार्यरुप दिने क्रममा कार्यक्रमको शुभारम्भ गरिएको उर्जामन्त्री वर्षमान पुनले बताए। 'समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न हरेक नेपाली जनताको सहभागी हुनेछ। यस कार्यक्रमले सबै नेपालीलाई विद्युत्को शेयरधनी बन्नेछन्,' उनले भने।

यस कार्यक्रममार्फत् पाँच वर्षभित्र १९ आयोजनाबाट ३४७९ मेगावट विद्युत पहिचान गरी निर्माणमा जानेछन्।

यी आयोजनमा ६ खर्ब ९५ अर्ब ८० करोड लगानी हुनेछन् जसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी शेयर लगानी हुनेछ। यस्ता आयोजनामा ५१ प्रतिशत सरकार र यसका निकाय तथा ४९ प्रतिशत जनताको लगानी हुने बताइएको छ।

आजै प्रधानमन्त्री ओलीले एकान्तकुनमा पानी जहाज कार्यालय कार्यालयको उद्घाटन गरेका छन्। हिजोमात्रै प्रम ओलीले बेरोजगारलाई भत्तासहितको कार्यक्रमको थालनी गरेका थिए। सरकारको १ वर्षको कार्यकालबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमसमेत छ। यस अवधिमा सरकारले गरेका कामबारे प्रधानमन्त्रीले सबैलाई जानकारी दिँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell