PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'यति तल नझर, सौतिनी व्यवहार नगर' भन्दै आन्दोलनमा उत्रिए सरकारी डाक्टरहरु

'यति तल नझर, सौतिनी व्यवहार नगर' भन्दै आन्दोलनमा उत्रिए सरकारी डाक्टरहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: डाक्टरहरुले वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्‍याली गरेका छन्।

सरकारी चिकित्सक संघ (गोदान)का डाक्टरहरुले बिहान १० बजेलेखि र्‍याली सुरु गरेका हुन्। अहिले उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन्।
 
संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको हो।


संघले आइतबार समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो। सो क्रममा २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell