PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रेलको लिकमा मृत अवस्थामा भेटिए दुई किशोरी, वीरगंज पढ्नेहरु कसरी पुगे रक्सौल?



राधेश्याम पटेल

रेलको लिकमा मृत अवस्थामा भेटिए दुई किशोरी, वीरगंज पढ्नेहरु कसरी पुगे रक्सौल?

वीरगंजः वीरगंजको सीमावर्ती शहर रक्सौल रेल्वे स्टेसनबाट २ किलोमिटर पश्चिम–दक्षिणमा पर्ने कंगली फाटक नजिक दुई जना नेपाली छात्राको शव भेटिएको छ। रेलको चक्काबाट किचेर दुबैको ज्यान जएको अवस्थमा आईतवार विहान साढे ८ बजे दुबै जनाको शव फेला परेको रेल्वे पुलिस आरपिएफ(रेल्वे प्रोटेक्सन फोर्स)ले जनाएको छ।


मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीकी १८ वर्षीय निभाकुमारी साह र सोही गाउँपालिका वडा नं ३ हरिहरपुरकी सोही उमेरकी किरण कुमारी चौरसिया रहेका छन्।


दुबै जना वीरगंजस्थित वीरगंज पब्लिक सेकेन्डरी स्कुल(बिपिसी क्याम्पस)मा वाणिज्य संकायतर्फ कक्षा ११ मा अध्ययनरत थिए। रेल्वे पुलिसले उनीहरुबाट प्राप्त परिचय पत्रको अधारमा पहिचान खुलाएको रक्सौल थानाका इन्सपेक्टर अजय कुमारले बताए।


परिचय पत्रमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा निभाका बुवा राजेश्वर साहले उठाई छात्राहरुको मृत्युबारे पुष्टि गरे। शनिबारमात्रै निभाले ट्युसनको शुल्क तिर्न पैसा मागेर वीरगंज आएको जानकारी गराउँदै राजेश्वरले उनी कसरी रक्सौलसम्म पुगिन त्यस बारे छानविन हुनु पर्ने माग गरे। 


कलेजको छात्राको मृत्यु बारे दुःखद घटनाबारे जानकारी आएको वीरगंज पब्लिक कलेजका सञ्चालक डा दिपक शाक्यले बताए। उनले घटनाबारे थप कुरा बुझने प्रयास गरिरहेको जनाए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले घटनाबारे भारतीय समकक्षीसँग विस्तृत जानकारी लिने काम भइरहेको बताए। घटना हत्या हो कि आत्महत्या? यसबारे पनि विस्तृत जानकारी आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell