PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजदूत कति समावेशी? २८ मा १९ खसआर्य



पहिलोपोस्ट

राजदूत कति समावेशी? २८ मा १९ खसआर्य
फाइल फोटो

काठमाडौं : संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिमा राजदूतहरुको समावेशी विषयमा छलफल भएको छ।

सिंहदरबारमा भएको छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसहितलाई डाकिएको थियो।

नेपालका राजदूतहरुमा समावेशीको अवस्था कस्तो छ भनी सांसदहरुले प्रश्न गरेका थिए।

प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले कुल ३३ स्थानमा राजदूत राख्ने व्यवस्था रहेकोमा हाल २८ स्थानमा राजदूत रहेको जानकारी दिए।

राजदूतहरुमा समावेशी अवस्थाबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले २८ मध्ये ५ जना महिला (दुई जनजाति महिला), एक जना दलित, दुई जना जनजाति, एक जना मधेशी र १९ जना खसआर्य रहेको बताए।

मन्त्री ज्ञवालीले राजदूत नियुक्तिमा ५० प्रतिशत करियर र ५० प्रतिशत राजनीतिक नियुक्ति हुने गरेको जानकारी दिए।
जसमध्ये अहिले राजनीतिबाट १३ जना र करियरबट १५ जना राजदूत रहेको जानकारी दिए।

राजनीतिक नियुक्तितर्फबाट समावेशी गर्ने प्रयास भए पनि करियरबाट समावेशी समूहका व्यक्तिहरु हुन नसकेको मन्त्री ज्ञवालीले दाबी गरे।
समितिका सदस्य सांसदहरुले समावेशी बनाउन तयारी गराएर भए पनि अगाडि बढाउनु पर्ने सुझाव दिए।

अहिले कुटनीतिक कुरा, भाषा, तालिम लगायतका विषयलाई ध्यानमा दिएर राजदूत नियुक्ति हुने गरेको बताउँदै मन्त्री ज्ञवालीले उनीहरुलाई सन् २०२२ बाट नेपाल अल्प विकसितबाट विकासोन्मुख राष्ट्रमा जान तयार रहेको कुरालाई ध्यानमा राख्न भनिएको छ।

त्यसैगरी, नेपाली डायस्पोरालाई सहयोग गर्न र बैदेशिक रोजगारका विषयमा ध्यान दिन अहिलेका राजदूतहरुलाई निर्देशन दिइएको मन्त्री ज्ञवालीलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell