PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिन्धुलीमा जीप पल्टिँदा ३ महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

सिन्धुलीमा जीप पल्टिँदा ३ महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ : सिन्धुलीमा  यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जना महिला र एक पुरुष गरी ४ जनाको मृत्यु भएको छ। 

सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। गाडीमा सवारमध्ये ४ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए। 

जीपमा यात्रारत ८ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि धुलिखेल लगिएको डिएसपी थापाले बताए। सिन्धुलीमाडीतिर गइरहेको जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell