PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

मुग्लिनः चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग ३ ख ३२६९ नंको बसले लु ५ प ६८५६ नंको मोटरसाइकललाई पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell