PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

काँडाघारीको खहरेचोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु, टिपर चालक फरार



पहिलोपोस्ट

काठमाडौँ: टिपरको ठक्करले एक युवकको मृत्यु भएको छ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका २० वर्षीय श्याम बिकको मृत्यु भएको हो। कागेश्वरी मनोहरा नगरपालिका ७ खहरेचोकस्थित सडकमा ना.५ ख ८०८४ नम्बरको टिपरले बा.५४ प ७२६९ नम्बरको मोटरसाइकलमा सवार विकलाई ठक्कर दिएको थियो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २३ वर्षीय निशान बिकको उपचार भइरहेको छ। फरार टिपर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell