PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वामी मैदानमा जिप दुर्घटना, दुई जनाको मृत्यु



वामी मैदानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

गुल्मी: गुल्मीको वामी मैदानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। 

ग १ च ८३५७ नंको जिप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ। 

दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए। घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ। जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell