PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'हर्ट एट्याक' भएर अस्पताल पुगेका पारस आज 'डिस्चार्ज' हुँदै



'हर्ट एट्याक' भएर अस्पताल पुगेका पारस आज 'डिस्चार्ज' हुँदै
फाइल फोटो

काठमाडौं: हर्ट एट्याक भएर थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाह आज डिस्चार्ज हुने भएका छन्। अस्पतालले दिएको जानकारी अनुसार शाहलाई आज दिउँसो साढे १ बजे डिस्चार्ज गरिने भएको हो।
    
गत मंगलवार पाटनको मन्दिर पुजा गरेर फर्कने क्रममा उनलाई हर्ट एट्याक भएको थियो। नर्भिकको आइसियूमा ७२ घण्टा राखेपछि उनलाई सिसियुमा सारिएको थियो।

पारसको स्वास्थ्य अवस्थामा सुधार आएर बोल्न, खान र हिड्न सक्ने भएपछि उनलाई डिस्चार्ज गर्न लागेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell