PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बैंककमा हानिकारक धुलोधुँवाका कारण जनजीवन प्रभावित, ४०० विद्यालय बन्द



बैंककमा हानिकारक धुलोधुँवाका कारण जनजीवन प्रभावित, ४०० विद्यालय बन्द
फोटो : AFP/GETTY IMAGE

बैंकक : थाइल्यान्डको राजधानी बैंककमा ४०० भन्दा धेरै विद्यालयहरु बन्द भएका छन्।

हानिकारक धुलोधुँवा सहितको हावाबाट बालबालिकाहरुलाई बचाउनका लागि यस्तो निर्णय गरिएको बताइएको छ।

'पीएम टु प्वइन्ट फाइभ' भनिने धुँलोका कणहरुका कारण बैंककमा हालसम्मकै खतरनाक वायु प्रदुषण भएको बताइएको छ।

बढ्दो ट्राफिक, सवारी साधनको चाप, निर्माण प्रकिया, बालीहरु जलाउनु र औद्योगिक क्षेत्रबाट आउने प्रदुषण यस अवस्थाको मुख्य कारण रहेको बताइएको छ।

वायुमा देखिएको प्रदुषणलाई नियन्त्रण गर्ने अधिकारीहरु असफल भएको बताइएको छ।

प्रदुषणको खतरा बढ्दै गएपछि अर्को हप्ता लुनार नयाँ वर्ष मनाउने मानिसहरुलाई पटकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell