PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डा केसीलाई राजपाको पनि साथ, चिकित्सा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता



डा केसीलाई राजपाको पनि साथ, चिकित्सा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

काठमाडौं: प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि आजसम्म एक मात्र संशोधन प्रस्ताव परेको छ।

राष्ट्रिय सभाको विधेयक शाखाले दिएको जानकारीअनुसार आज कार्यलय समयसम्म एक जना राष्ट्रिय सभा सदस्यले मात्र संशोधन दर्ता गराएका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले उक्त संशोधन प्रस्ताव दर्ता गराएका छन्।

लालले दर्ता गराएको संशोधन अनशनरत डा.गोविन्द केसीको मागसँग सम्बन्धित रहेको छ।

लालले संशोधन प्रस्तावमा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ हालसम्मका अनसनको मुख्य उपलब्धि भएकाले उक्त प्रतिवेदनको नाम ऐनको प्रस्तावनामै तोकिनुपर्ने उल्लेख गरेका छन्।

अन्यत्र जेसुकै लेखिएको भएता पनि आइन्दा एक विश्वविद्यालयले ५ भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा यो प्रावधान लागू हुने छैन। काठमाडौँ बाहिरका शिक्षण संस्थाको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरेबमोजिम हुनेछ’ थप्ने प्रस्ताव गरेका छन्।
  
सिटिइभिटी अन्तर्गतका प्रवीणता प्रमाणपत्र तह (पिसिएल) मुनिका कार्यक्रमलाई ५ वर्षभित्र हटाउने 'फेज आउट' कुरा पनि संशोधनमा रहेको छ।
यी तीनवटै बुँदा विधेयकमा समावेश हुनु पर्ने भन्दै डा गोबिन्द केसी २२ दिनदेखि अनशनरत छन्।

संशोधन दर्ता गराउने समय भोलि १२ बजेसम्म छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell