PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गोविन्द केसीको अवस्था नाजुक: आइसियूमा एडमिट हुन मानेनन्



गोविन्द केसीको अवस्था नाजुक: आइसियूमा एडमिट हुन मानेनन्

काठमाडौं: २१ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ। अपरान्ह  ५ बजे अस्पतालले गरेको ब्रिफिङका अनुसार केसीलाई सास फेर्न गाह्रो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन सकेका छैनन्।

 

उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको र सास फेर्न गाह्हो भएकाले आइसियूको जरुरत परिसकेको  डाक्टर प्रमेश श्रेष्ठले ब्रिफिङ गरेका छन। तर केसी आइसियू जान मानेका छैनन्।

 

केसी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell