PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्पतालमा अनशन नबस्न स्वास्थ्य मन्त्रालयको आग्रह, अनशनस्थलको त्रिपाल प्रहरीले हटायो अनशन भने जारी



सागर बुढाथोकी

अस्पतालमा अनशन नबस्न स्वास्थ्य मन्त्रालयको आग्रह, अनशनस्थलको त्रिपाल प्रहरीले हटायो अनशन भने जारी

काठमाडौँ : २१ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अनशन बसेका चिकित्सक सङ्घका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले अनशन नबस्न आग्रह गरेको छ। अस्पतालजस्तो ठाउँमा अनशन बस्दा बिरामीको स्वास्थ्य सेवा पाउने आधारभूत अधिकार हनन भएको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ।

चिकित्सक सङ्घमा आबद्ध डाक्टरहरू डाक्टर केसीको मागलाई एक्यबद्दता जनाउँदै हिजोदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिले अनशन बसेका थिए।

त्यस्तै शिक्षण अस्पतालले पनि हिजै प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा डाक्टरहरूलाई अनशन नबस्न आग्रह गरिसकेको छ। बिरामीलाई मर्का परेको भन्दै अस्पतालले प्रेस विज्ञप्ति जारी गरेको थियो।

हिजो राती नै रिले अनशन बस्न डाक्टहरुले टालेको पाल पनि प्रहरीले हटाइदिएको छ। बिरामीलाई अवरोध भएको भन्दै प्रहरीले पाल हटाएको हो।

पाल हटाएपनि चिकत्सकहरुले रिले अनशनलाई आज पनि निरन्तरता दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell