PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हृदयाघात भएका पूर्वयुवराज पारसको स्वास्थ्य सुधारोन्मुख



पहिलोपोस्ट

हृदयाघात भएका पूर्वयुवराज पारसको स्वास्थ्य सुधारोन्मुख

काठमाडौंः हृदयघात भई नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। नर्भिक अस्पातालका अनुसार शाहको अवस्था स्थिर छ। तर, खतरामुक्त भने छैन। उनी केही दिन अस्पतालमै रहने पनि जनाइएको छ।

छातीमा पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपराह्न ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको थियो। तत्कालै उनलाई क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गरिएको थियो। उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो। ्

धमनीको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उनलाई सीसीयूमा सारिएको अस्पतालले जनाएको छ।

उनको उपचारमा प्राडा यादवदेव भट्ट लगायत डा जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली खटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell