PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कृषि उद्यमको अनियमितताबारे एफएनसीसीआईमा चर्को विवाद : कोषाध्यक्ष प्रधानले दिए राजीनामा



कृषि उद्यमको अनियमितताबारे एफएनसीसीआईमा चर्को विवाद : कोषाध्यक्ष प्रधानले दिए राजीनामा

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको अनियमितताका विषयमा विवाद चर्किएपछि कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन्। महासंघमा आइतबार भएको कार्यसमिति बैठकमा केन्द्रको अनियमितताका बारेमा वाहिर सूचना लिक गराएको र अख्तियारमा समेत उजुरी हालेको आरोप लगाएपछि प्रधानले राजीनामा दिएका हुन्।

महासंघकी अध्यक्ष भवानी राणाले प्रधानले केन्द्रमा अनियमितता भएको बारेमा सूचना वाहिर दिएको आरोप प्रधानमाथि लगाएकी थिईन्। बैठकमा सहभागी एक कार्यसमिति सदस्यका अनुसार राणाले प्रधानले सूचना दिएको अडियो बजाएर प्रधानप्रति असन्तुष्टी जनाएकी थिईन्।‘केन्द्रको अनियमितताको सूचना टेलिफोनमार्फत दिएको अडियो सार्वजनिक गर्दै राणाले प्रधानले महासंघको गरिमामा आँच पुर्याएको भन्दै हपारेकी थिईन्’ ती सदस्यले भने,’यो महासंघलाई बदनाम गराउने काम भएको छ भन्दै प्रधानप्रति खनिएकी थिईन्।’

राणा पक्षका पदाधिकारी र केन्द्रीय सदस्यले प्रधानको रवैयाले महासंघमा आँच पुर्याएको भन्दै कारवाही गर्नुपर्ने अडान राखेका थिए। प्रतिउत्तरमा कोषाध्यक्ष प्रधानले झण्डै डेढ घण्टा बोल्दै महासंघभित्र मौलाएको भष्ट्राचार नरोकिए संस्थानै समाप्त हुने बताएका थिए। उनले संस्थाभित्रको भष्ट्राचार टुलुटुले हेरेर बस्न नसक्ने बताउँदै त्यसको विकल्पमा आफूले संस्थानै परित्याग गर्ने घोषणा गरेका थिए।

‘महासंघभित्रको भष्ट्राचार नरोक्ने हो भने संस्थानै समाप्त हुन्छ। संस्थाको गरिमा राख्ने काम मबाट सदैव थियो। तर मैले संस्थामा मौलाएको अनियमितता रोकौ भन्ने चाहेको हुँ’ प्रधानको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,’मैले संस्थालाई बलियो बनाउन सुधार चाहँदा आरोपित बनाईन्छ भने बसिरहन सक्दिन्।’ प्रधानले डेढ घण्टा बोलेर वाहिरिएपछि कार्यसमितिको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन। केन्द्रले एक गाउँ एक उत्पादन लगायतका कार्यक्रम गर्दै आएको छ। केन्द्रलाई कृषि तथा पशुपंक्षी मन्त्रालयले वार्षिक रुपमा रकम दिँदै आएको थियो। तर पछिल्लो समयमा केन्द्रको रकम दुरुपयोग भएको जानकारीसँगै मन्त्रालयले बजेट दिन रोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell