PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गोविन्द केसीको समर्थनमा चिकित्सकहरू नै रिले अनशनमा



गोविन्द केसीको समर्थनमा चिकित्सकहरू नै रिले अनशनमा
File Photo

काठमाडौं : नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनसन सुरु गर्ने भएको छ।

आज काठमाडौँका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरूको भेलाले यस्तो निर्णय गरेको हो। आज शिक्षण अस्पताल महाराजगन्जमा उपत्यकाका चिकित्सकहरू भेला भएका थिए। 

सरकारले डा केसीसँगको सम्झौता विपरीत शुक्रवार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसीले अनशन तोडेका छैनन्। उनको अनशनलाई एक्येबद्धता जनाउनको लागि सङ्घले रिले अनशन बस्ने भएको हो।

सङ्घले गत १० गते विज्ञप्ति जारी गर्दै ७२ घण्टा भित्र डा गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम अगाडी नबढाएको खण्डमा माघ १३ गते आइतबार शिक्षण अस्पतालमा भेला हुने निर्णय गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell