PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चट्याङ लाग्दा चेपाङको मृत्यु



चट्याङ लाग्दा चेपाङको मृत्यु
फोटो: perfectpools.co.za

मुग्लिन: चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिए। 

चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उनले बताए। अहिले मुग्लिन इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गइसकेको प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell