PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चट्याङ लाग्दा एकै परिवारका ६ जना घाइते



चट्याङ लाग्दा एकै परिवारका ६ जना घाइते
फोटो: PIXABAY.COM

मुसिकोट: रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन्। मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन्। 

चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन्। 

त्यस्तै जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन्  चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। चट्याङ लाग्दा जीतबहादुरको चार कोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell