PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

६ महिनादेखि बसपार्कमा थन्किएको बसमा आगलागी



राधेश्याम पटेल

६ महिनादेखि बसपार्कमा थन्किएको बसमा आगलागी

वीरगंज: वीरगंज बसपार्कमा ६ महिनादेखि रोकि राखेको बसमा आगलागी हुृदाँ बस पूर्ण रुपमा जलेर नष्ट भएको छ। शुक्रवार राति ९ बजेको समयमा आगलागी हुदाँ ना ५ ख २७२ नंम्बरको ४२ सिटे बस जलेर नष्ट भएको हो। बसपार्क प्रहरी चौकीका प्रहरी नायब निरीक्षक वैद्यनाथ दासका अनुसार राति ९ बजे एक्कासी आगालगी भएको बताए। आधा घन्टा छि वीरगंज महानगरपालिकाको दमकल, नेपाल प्रहरी तथा स्थानियवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।


बारा सिमराका व्यवसायी वीरेन्द्र बास्तोलाको नाममा दर्ता रहेको उक्त बस ग्लोबल आइएमई बैंकबाट १६ लाख ऋण लिएर किनिएको थियो।४ महिना अगाडि वीरगंज–५ भिस्वाका व्यवसायी अर्जुन बरालले उक्त गाडी खरिद गर्न ४ लाख बैना बास्तोलालाई दिएको र गाडी नाम सारी नगरी रोकी राखेको अवस्थामा आगलागी भएको हो। प्रहरीले आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell