PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

न्यू डायमण्डले आजदेखि सुरु हुने ढोरपाटन महिला भलिबल लिग नखेल्ने



पहिलोपोस्ट

काठमाडौँ : नेपाली महिला भलिबलको चर्चित टोली नैकापको  न्यू डायमण्डले १४औँ संस्करणको ढोरपाटन महिला भलिबल लिग नखेल्ने भएको छ।

महिला भलिबलमा आफ्नो छुट्टै पहिलचान बनाएको डायमण्डले आफ्नो केही खेलाडीको अध्ययनलाई मध्यनजर गर्दै प्रतियोगिता नखेल्ने निर्णय गरेको क्लबका प्रशिक्षक कुमार राईले बताए।

डायमण्ड एकेडेमीको प्रिन्सिपल समेत रहेका राईल टिम सेटको तीन खेलाडी एसइइ परिक्षाको तयारीमा रहेकाले जोमिख लिन नचाहेको उनले जानकारी दिए।

क्लबका खेलाडी माल्बिका आचार्य, रश्मीता दुरा र प्रतिक्षा गुरुङ जस्ता खेलाडीहरु कक्षा १० मा पढ्दै गरेको र उनीहरुको परिक्षामा अवरोध पुग्ने भएकोले लिग नखेल्ने भएको प्रशिक्षक कुमार राईले बताए ।

‘हाम्रा खेलाडीको पढाइमा अवरोध पुग्ने भएकाले प्रतियोगितामा भाग नलिने भएको हो। प्रतियोगिताको समयवाधि थोरै भएको भए हामीले सहभागिता जनाउने थियौँ।’ प्रशिक्षक राईले भने।

ढोरपाटन लिगको आयोजक ढोरपाटन क्लबले शुक्रवार गरेको पत्रकार सम्मेलनमा भने डायमण्डल खेल्नेमा विश्वस्त रहेको जनाएको थियो।

ढोरपाटन महिला भलिबल लिग माघ ५ देखि १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटनको भलिबल कोर्टमा सञ्चालन हुनेछ। अब डायमण्डले भाग नलिने भएपछि तीन विभागीयसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

त्यसबाट उत्कृष्ट हुने सात टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell