PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बीपीएल : पाँच खेल खेल्दा सन्दीपको नाममा जम्मा ४ विकेट, बीबीएलमा जस्तो प्रदर्शन गर्न सकेनन्



पहिलोपोस्ट

बीपीएल : पाँच खेल खेल्दा सन्दीपको नाममा जम्मा ४ विकेट, बीबीएलमा जस्तो प्रदर्शन गर्न सकेनन्

काठमाडौँ : बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपालका सन्दीप लामिछानेले पाँच खेल खेलिसकेका छन्। अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) मा शानदार प्रदर्शन गर्दै बंगलादेश पुगेका सन्दीपले शानदार डेब्यु गरेपनि त्यसपछि भने उनको प्रदर्शन राम्रो हुन सकेको छैन।

सन्दीपको टिम सिलेट सिक्सर्सले खेलेका ६ मध्ये सन्दीपले ५ खेल खेलिसकेका छन्। उनले ३ खेलमा विकेट लिँदा बाँकी दुई खेलमा विकेट लिन सकेनन्।

पहिलो खेलमा कोमिला भिक्टोरिएन्स विरुद्ध ४ ओभरमा १६ रन खर्चेर २ विकेट लादै उत्कृष्ट सुरुवात गरेको सन्दीपले दोस्रो र तेस्रो खेलमा विकेट लिन सकेनन्। दोस्रो खेलमा कसिलो बलिङ गर्दै २१ रन खर्चेका सन्दीपले तेस्रो खेलमा ३३ रन खर्चेका थिए।

सिक्सर्सको चौथो खेलमा ड्रप भएका सन्दीपले पाँचौ खेलमा कमक्याक गर्दै आफ्नो चौथो खेल खेले। जसमा सन्दीपले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए।

टिमको छैटौँ तथा व्यक्तिगत पाँचौ खेलमा सन्दीपले ढाका डाइनामाइट्स विरुद्ध ४ ओभरमा २७ रन खर्चेर १ विकेट मात्र लिए। २४ बलमध्ये ११ बल डट फालेपनि विपक्षी ब्याट्सम्यानले ३ चौका र १ छक्का प्रहार गरेपछि सन्दीप केही महँगा बने। यस खेलमा सिक्सर्स ढाकासँग ६ विकेटले पराजित भयो।

सन्दीपको टिम सिक्सर्सले अहिलेसम्म ६ खेलमा २ खेल मात्र जितेको छ

सन्दीपले समग्रमा ५ खेल खेल्दा जम्मा ४ विकेट मात्र लिन सकेका छन्। अष्ट्रेलियामा मेलवर्न स्टार्सका लागि ४ खेल खेल्दै ८ विकेट लिएका सन्दीपले बंगलादेशमा भने सोही अनुसारको प्रदर्शन दोहोर्‍याउन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell