PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अस्ट्रेलियामा तापक्रम वृद्धिसँगै जनजीवन प्रभावित



अस्ट्रेलियामा तापक्रम वृद्धिसँगै जनजीवन प्रभावित

क्यानबेरा : अस्ट्रेलियामा तापक्रम अत्याधिक वृद्धिहुँदा जनजीवन प्रभावित भएको छ। विगत पाँच दिनदेखि त्यहाँको तापक्रममा अत्याधिक बढेको बताइएको छ।

अस्ट्रेलियाको मौसम विभागका अनुसार अस्ट्रेलियाको दैनिक औसत तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ। न्यू साउथ वेल्समा रातिको न्यूनतम तापक्रम ३५. ९ डिग्री सेल्सियस पुगेको बताइएको छ। विभागका अनुसार हालसम्म रेकर्ड भएको तापक्रममध्ये यो सबैभन्दा धेरै हो।

विभागले धेरै शहरहरुमा आजको तापक्रम ४२ डिग्री पुग्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

अस्ट्रेलियाको पश्चिमेली क्षेत्रहरुको तापक्रम न्यूनतम तापक्रमभन्दा १४ डिग्री सेल्सियस बढ्ने सक्ने बताएको छ।

२०१३ मा सात दिनसम्म अस्ट्रेलियाको तापक्रम ३९ डिग्री रहेको थियो।

तापक्रम वृद्धिका कारण धेरै स्थानमा आगलागी हुनुका साथै वन्यजन्तुहरुको मृत्यु भएको छ। भिक्टोरिया, तास्मानिया र न्यू साउथ वेल्सका धेरै स्थानमा डढेलो लागेको बताइएको छ।

तातो वातावरणका कारण धेरै संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएको जनाइएको छ। 

सरकारी अधिकारीहरुले तापक्रम वृद्धिको क्रम बढेसँगै मानिसहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ। शारीरिक रुपमा अशक्त, वृद्धवृद्धा र बालबालिकाहरुलाई तापक्रम वृद्धिले धेरै हानी गर्न सक्ने भन्दै उनीलाई विशेष हेरचाह चाहिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell