PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उत्तरबाट भागेर आएकी महिलालाई दक्षिण कोरियाली अदालतले सुनायो दुई वर्ष जेल सजाय, उत्तरमा चामल पठाएको आरोप



उत्तरबाट भागेर आएकी महिलालाई दक्षिण कोरियाली अदालतले सुनायो दुई वर्ष जेल सजाय, उत्तरमा चामल पठाएको आरोप
फोटो : nst.com.my

दक्षिण कोरियाली अदालतले उत्तर कोरियाबाट भागेर आएकी एक महिलालाई साढे दुई वर्षको जेल सजाय सुनाएको छ।

आफ्नो जन्मभूमि उत्तर कोरियामा १३० टन चामल 'लोयल्टी गिफ्ट' का रुपमा पठाएको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरियाहरुमा आउने अरु मानिसहरुले उत्तरमा केही पैसा पठाउने कुरा सार्वजनिक भएकै कुरा हो। यद्यपि यो मुद्दामा उत्तर कोरियाली सुरक्षा निकायलाई धेरै रकम पठाएको बताइएको छ।

५० वर्षे महिलाले दक्षिण कोरियामा मसाज पार्लर संचालन गर्दै आएकी थिइन्। उनले उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मदिनको उपल्यक्ष्मा  र जनवरी ८ मा नेता किम जोङ उनको जन्मदिनको उपलक्ष्यमा उत्तर कोरियाली सुरक्षा निकायमार्फत दुई पटकमा १३० टन चामल पठाएको बताइएको छ। यस्तै उनले थप ७० टन चामल खरिद गर्न ७१ हजार अमेरिकी डलर ब्रोकरको माध्यमबाट पठाएको बताइएको छ।

फेरि उत्तर कोरिया फर्कर आफ्नो छोरासँग भेट्ने इच्छामा उनले आफ्नो राजकीय वफादारिताका प्रदर्शन गर्न प्योङयाङमा चामल पठाएको सरकारी वकिलको तर्कलाई अदालतले स्वीकार गरेको छ।

दक्षिण कोरियाको कडा राष्ट्रिय सुरक्षा कानूनको उल्लंघन गर्दै उनले उत्तर कोरियालाई गरैकानूनी तरिकाले आर्थिक सहयोग गरेको आरोप उनलाई लगाइएको छ।

अदालतले आफ्नो फैसलामा भनेको छ 'आरोपीले आफ्नो छोरा उत्तरमै छोडेर आएपनि, उत्तर कोरियाली सत्तालाई सहयोग हुने गरी धेरै मात्रामा चामल पठाउन यहाँको सरकारले मञ्जुरी दिँदैन।'

उत्तर कोरियाबाट बाहिर जान त्यहाँको सरकारको स्वीकृती लिनुपर्छ। तर उत्तर कोरियाबाट सुरक्षित भविष्यको खोजीमा भागेर दक्षिण पुग्नेको संख्या धेरै छ।  यद्यपि, किम जोङ उनले सत्ता सम्हालेपछि भने त्यो संख्या घटेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell