PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिराहामा गोली चल्यो, प्रहरीको खोजी सूचीमा रहेका यादवको खुट्टामा गोली



सिराहामा गोली चल्यो, प्रहरीको खोजी सूचीमा रहेका यादवको खुट्टामा गोली

काठमाडौः सिराहामा गोली चलेको छ। प्रहरीको गोली लागि प्रमोद यादव घाइते भएका छन्। 

सिराहा नगरपालिका १५ सुखचैना गोली चलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिए। यादव प्रहरीको खोजी सुचीमा रहेका थिए।
 
प्रहरीसँग जम्काभेट भएपछि यादवले गोली चलाएको र प्रतिरक्षाको लागि प्रहरीले जवाफी फायर गरेको डिएसपी खरेलले जानकारी दिए। डिएसपी खरेलले भने,'प्रहरीलाई गोली चलाएपछि हाम्रो टोलीले फायर गरेको हो। यादवको खुट्टामा गोली लागेको छ। घटनाको जानकारी दिन प्रहरीले अहिले केही समयमा पत्रकार सम्मेलन गर्दै छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell