PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्कारपियोमा लुकाएर ल्याएको बहुमूल्य पत्थरसहित मध्यरातमा ५ जना पक्राउ



स्कारपियोमा लुकाएर ल्याएको बहुमूल्य पत्थरसहित मध्यरातमा ५ जना पक्राउ

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर–१ बाङ्गेसिमल नजिकबाट गएराति एक बजे प्रहरीले बहुमूल्य पत्थरसहित पाँच जना पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–४ का ४० वर्षीय भिमबहादुर सुनार, वडा नं. ५ का ३० वर्षीय नवीन पौडेल, वडा नं. ८ का २८ वर्षीय सुरेन्द्र शाही, सुर्खेत बराहताल वडा नं. ८ का ३६ वर्षीय भक्तबहादुर पाण्डे, सोही ठाउँका ३२ वर्षीय तेजेन्द्र बस्नेत पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 


प्रहरीले उनीहरुको साथबाट ११.५००  किलो ग्राम परिमाणको बहुमूल्य पत्थर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपकुमार क्षेत्रीले जानकारी दिए। 


‘कालिकोटबाट सुर्खेत आउँदै गरेको बा १९ च ३५७२ नम्बरको स्कारपियोमा लुकाई ल्याएको अवस्थामा ११.५०० किलो ग्राम परिमाणको बहुमूल्य पत्थर बरामद गरिएको छ,’ उनले भने,‘पाँच जनालाई पक्राउ गरी थप अनुसन्धानको कार्य अघि बढाईएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell